करिश्मा सम्झँदै टोलाए सलोन

काठमाडौं । आगामी असार २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाबु कान्छा’को शीर्ष गीत सार्वजनिक भएको छ । नायिका करिष्मा श्रेष्ठको प्रेममा परेका नायक सलोन बस्नेतलाई करिष्मा सम्झँदै टोलाएको गीतमा देख्न सकिन्छ । गीतमा सलोनलाई मधेसी भेषभुषामा पनि देख्न सकिन्छ ।

गीतमा गायक तथा संगीतकार शम्भुजित बास्कोटाको स्वर छ भने संगीत र शब्द टंक बुढाथोकीको छ । शोभित बस्नेतको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा सलोन र करिष्मासँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, सुशान्त श्रेष्ठ, विक्रम कँडेलको अभिनय छ । फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गरेका छन् ।

सञ्चारकर्मी रवी अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माता छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी संगीत छ ।