हे कान्छीबाट भीमसेनको पुनरागमन

काठमाडौं । पुराना गायक भीमसेन लामा २५ वर्षपछि नयाँ गीत ‘हे कान्छी’लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । २५ वर्षे अवधिमा जागिर र केही फिल्ममा अभिनय गरेका भीमसेनले २०४७ सालमा पहिलोपटक ‘मुसुक्क हाँसी दिँदा ज्यानै लुट्यो’ बोलको गीत गाएका थिए । विश्व बल्लभको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाले संगीत दिएका थिए ।

उनको नयाँ गीत ‘हे कान्छी’लाई राजधानीमा नेपालको पहिलो टेम्पो चालक, व्यवसायी तथा साहित्यकार लक्ष्मी शर्माले गीत सार्वजनिक गरिन् । विकाश सिलवालको शब्द र सङ्गीत रहेको गीतको भिडियोलाई संजय पाण्डेले निर्देशन गरेका छन् । भिडियोमा पूणिमा लामा, दोर्जे लामा र एलीना गुरुङलाई फिचरिङ गरिएको छ । विकाश भुजेलको एरेञ्ज, दिनेशजंग राणाले सम्पादन गरेको गीतको भिडियोलाई भकारी एमडीसीले बजारमा ल्याएको हो ।

भीमसेन टी लामाले २५ वर्षअघि २५ वटा गीत गाएका थिए । भीमसेनका ‘एउटी सुन्दरी म माथि मर्छे’ र ‘पहिलो भेटमै भयो हाम्रो चिनारी’ बोलको गीत चर्चित गीतमा पर्छन् ।