ब्वायफ्रेण्डको भोजपुरी गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘ब्वायफ्रेण्ड’को भोजपुरी गीत सार्वजनिक भएको छ । माघ दोस्रो साताबाट प्रदर्शनमा आउन लागेको फिल्मको ‘तेरी लच्के लि जब कमरिया, बल खाए जै जेसन नगेनिया’ सार्वजनिक भएको हो । बलिउड संगीतकार के.के. सिंहको संगीत, जुगिराम राईको शब्द र श्यामकुमार मिश्रको स्वर छ । गीतमा कलाकार श्यामकुमार मिश्र, महिमा सिलवाललगायतका कलाकारले फिचरिङ गरेका छन् ।

बुढाथोकी फिल्म प्रोडक्सनको ब्यानरमा सुर्य बुढाथोकी प्रस्तुतकर्ता रहेको फिल्ममा कृष्ण खनाल निर्माता छन् । फिल्ममा सरोज खनाल, मोहन निरौला, मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनाम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, कृष्ण खनाल, शुकबहादुर बम्जन, पवन खनाललगायतको अभिनय छ ।

युवापिढीमा मौलाएको प्रेमी र प्रेमिका बनाउनेमात्र नभएर अभिभावकले आफ्ना छोराछोरी प्रति वेवास्ता गर्दाको परिणाम कस्तो हुन्छ भन्ने बिषयलाई फिल्मले देखाउने निर्देशक मदन घिमिरेले बताए । फिल्ममा कृष्ण श्रेष्ठको छायांकन, शंकर महर्जनको द्वन्द्व र पुनम राईको नृत्य छ ।