कलाकारलाई विकास बोर्डको फाउण्डेसन कोर्श

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली फिल्मका अभिनेता र अभिनेत्रीका लागि २० दिने स्क्रिन अभिनय सम्बन्धी फाउण्डेसन कोर्शको आयोजना गर्ने भएको छ । भारतीय दूताबासको आयोजना तथा बोर्डको सहकार्यमा भारतको पुनेस्थित भारतीय फिल्म और टेलिभिजन संस्थान(एफटीआइआइ)मा नेपाली कलाकारका लागि फाउण्डेसन कोर्श हुन लागेको हो ।

बोर्ड सचिवालयका प्रदर्शन तथा वितरण अधिकृत चिरञ्जीवी गुरागाईले कार्यक्रममा सहभागी हुन इच्छुक कलाकारले भारतीय दूताबासबाट निर्धारित गरिएको दरखास्त फारमका साथ एकप्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अभिनय सम्बन्धी अनुभवका कागजातहरु संलग्न राखी आगामी पुस १९ गतेसम्ममा चाबहिलस्थित कार्यालयमा बुझाउनुपर्ने बताए ।

‘तालिमको औपचारिक भाषा अंग्रेजी र हिन्दी हुनेछ । साथै आवेदकले कम्तीमा केही नेपाली कथानक फिल्म, विज्ञापन, म्युजिक भिडिया आदिमा अभिनय गरेको अनुभव पेश गर्नुपर्नेछ ।’ उनले भने ।