लण्डनमा तीन दर्जनलाई विश्व परिक्रमा सम्मान

लन्डन । दुई दशकभन्दा लामो समयदेखि बेलायतमा बसेर आफ्नो ठाउँबाट नेपाल र नेपालीलाई योगदान दिने तीन दर्जन बढी व्यक्तिहरुलाई बेलायतमा ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ प्रदान गरिएको छ । बेलायतको लण्डनस्थित नर्थवल्डस्थित द क्रिष्टल स्वीट्स सी एण्ड एल कन्ट्री क्लबमा भएको कार्यक्रममा विशिष्ट नागरिक, कलाकार तथा सञ्चारकर्मीसहित तीन दर्जन बढीलाई सम्मान गरिएको हो । एनआरएन युकेका अध्यक्ष योगकुमारी फगामी र काउन्सिलर करम मोहोनले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा डा. माइकल हट, डा. रागत धिताल, डा. सूर्य सुबेदी, डा. पदम सिंखडा, महन्तबहादुर श्रेष्ठ, कुल आचार्य, सोम सापकोटा, विजय थापा, निलहरि घिमिरे, मनिष श्रेष्ठ, शान्ति गुरुङ, शर्मिला बर्देवा, सिमि पुन, चरन प्रधान, कुशल श्रेष्ठ, मनिषा श्रेष्ठ, अमृत गिरी, आना डुरान्स बगाले, बासु शर्मा, बिकल चन्द्र आचार्य, गौरिका सिंह, हरि सिंह, कोमल मल्ल, मदन थापा, मनमाया सुनुवार, नवीन गुरुङ, प्रसुना कँडेल, सनमकुमार बैराग, सितु खरेल, सोमनाथ बासकोटा, सुशील प्रजापति, रबि जंग लामिछाने, ध्रुव दत्तलगायत छन् ।

आयोजक राष्ट्रिय बक्स अफिस फिल्मी क्लब नेपालका अध्यक्ष आरके सुवेदीले आफूले २१ बर्षको सक्रिय पत्रकारितामा १ सय ३७ औं कलाकारको मैत्रीपूर्ण रमाइलो फुटबल आयोजनासँगै पहिलो पटक खाडी मुलुक, एसियाली र युरोपेली मुलुकमा नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड र ब्लकब्लष्टर नेपाली फिल्म अवार्ड सम्पन्न गरेको बताए । उनले आफूले समुन्द्री मुनि, समुद्र माथि, उडिरहेको हवाई जहाजमा समेत अवार्ड वितरण गर्दै विभिन्न चुनौतिको सामना गरिसकेको दाबी गरे ।

बेलायत आयोजक तथा कार्यक्रम संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले कार्यक्रम भव्य र सभ्य बनेपछि उनले आफूले सोचेभन्दा कार्यक्रम सफल भएकोमा गौरव गरे । सुबेदीले हरेक वर्ष ७ वटा देश र नेपालको ३ जिल्लामा यस्तो कार्यक्रम गरी आगामी २० बर्ष भित्र पृथ्वीको परिक्रमा सम्पन्न गर्ने लक्ष्य राखेको बताए ।