१३ विधामा पावर न्यूज म्यूजिक अवार्ड

काठमाडौं । ‘नेपाली हुनुमा गर्व गरौं, नेपाली भाषा र संस्कृतिको जर्गेना गरौ’ भन्ने मुल नारा लिएर मिडिया एण्ड इन्टरटेनमेन्टले ‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१८’ गर्ने भएको छ । विभिन्न १३ विधालाई समावेश गरि गर्न लागिएको अवार्डमा नेपालमा बोलिने मुलधारका गीत संगीतका अलावा विभिन्न भाषा भाषीको गीतहरुको समेत सहभागिता रहनेछ ।

सन् २०१५, जनवरी १ देखी २०१७ डिसेम्वर ३१ सम्म रेकर्ड भएका वा वजारमा आएका नेवारी, देउडा, मैथली÷ भोजपुरी, शेर्पा, तामाङ, लिम्वु, राई, थारु, गुरुङ, मारवाडी भाषालाई अवार्डमा सहभागी गराईने छ । त्यस्तै मुलधारका गीत संगीतहरुमा सन् २०१७, जनवरी १ देखी २०१७ डिसेम्वर ३१ सम्म रेकर्ड भएका वा वजारमा आएका चलचित्र, आधुनिक÷पप र लोकदोहरी गीतलाई समावेश गरिने आयोजकले जनाएको छ ।

ईसेवा मार्फत आवेदकहरुले अवार्डका लागी आफ्ना गीतहरुको आवेदन दिन सक्नेछन् भने कार्यलयमै उपस्थित भएर पनि आवेदन दिन सकिने आयोजक समितिका व्यवस्थापक राजन थापाले वताए । नेपाली गीत संगीतको क्षेत्रमा यो नौलो प्रयोग सहतिको कार्यक्रम भएकाले यस कार्यक्रममा सर्जक तथा स्रष्टाहरुको उल्लेखनिय सहभागिता रहनेकुरामा आफु विश्वस्त रहेको आयोजक समितिका संयोजक कमला जोशीले वताईन् ।

चलचित्र, आधुनिक÷पप र लोकदोहोरी गीतका लागी उत्कृष्ट गीतकार, संगीतकार र गायक÷गायिका रहनेछन्, अन्य विभिन्न भाषा भाषीका गीतहरुका हकमा भने उत्कृष्ट गीतको रुपमा भाषा पिच्छेका गीतलाई अवार्ड दिईनेछ । साथै भाषा भाषीको गीतका सर्जकहरुको प्रोत्साहनका लागी अवार्डमा मनोनयनमा परेका गीतकार, संगीतकार, गायका÷गायिकाहरुलाई प्रशंसा पत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष माधव राज खरेलले वताएका छन् । फाल्गुनको दोश्रो साता अवार्ड कार्यक्रमको समापन गरिने सक्ने आयोजकले जनाएको छ ।