यस्तो छ ए सोल्टिनी ट्रेलर

काठमाडौं । दर्जनौं तामाङ भाषाका फिल्म निर्देशन गरिसकेका निर्देशक निमा लामा तामाङको डेब्यु निर्देशन रहेको पहिलो नेपाली भाषाको फिल्म ‘ए सोल्टिनी’ फष्टलुक, गीत र ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल द्वन्द्व संघका पूर्व अध्यक्ष योगेन्द्रमान श्रेष्ठलगायतले फष्टलुक सार्वजनिक गरे । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय छ ।

कार्यक्रममा निर्माता दिलकुमारले फिल्म पहिला विभिन्न देशमा विशेष शो गरिने र त्यसपछि मात्रै नेपालमा प्रदर्शन गरिने बताए । उनले आफूहरुले निकै मेहेनतका साथ फिल्म निर्माण गरेकाले सफलता प्राप्त गर्ने आशा ब्यक्त गरे । उनले ‘ए सोल्टिनी’पछि ‘दोषी को’ र ‘परदेशले लुटेको सपना’ नामक नेपाली फिल्म निर्देशन गरेका छन् । निर्देशक निमाले फिल्म निकै रमाइलो फिल्म भएकाले दर्शकले मन पराउने विश्वास ब्यक्त गरे । अभिनेता सबिनले फिल्मको स्क्रिप्ट मन परेकाले अभिनय गरेको बताउदै नयाँ टिमसँग काम गर्दा बेग्लै अनुभव भएको सुनँए ।

काठमाडौ उपत्यका वरिपरि खिचिएको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ हुन् । विश्वास भण्डारीले छायांकन तथा सम्पादन गरेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत, राज गोलेको द्वन्द्व, अभि लामाको कोरियोग्राफी छ ।