हङकङ आइडीवाली खोज्दै भुवन

काठमाडौं । विदेश जाने रहर गर्ने युवा समुदाय उतैको प्रायोजक खोज्न मरिहत्ते गर्छन् । भरसक आफ्नो पैसा भन्दा पनि प्रायोजकको पैसा खोजेर विदेशमै बस्न चाहन्छन् । गायक भुवन सुप्तिहाङ राईको चाहना पनि अहिले ती युवाको भन्दा फरक छैन । त्यसैले त उनी अहिले कोही बहिनीलाई ‘‘हङकङ आईडी छ कि छैन बहिनी‘’ भन्दै गीतमार्फत सोधिरहेका छन् ।

चारपटक लाहुरे बन्ने प्रयास पनि असफल भएपछि आइडीवाली युवतीको खोजीमा रहेका एक युवकको कथालाई गायक भुवनले गीतमा प्रस्तुत गरेका छन् । आइडीवाला केटी भएर उसैको आइडीवाली खोजेर विदेश जाने योेजना बनाएका युवा केही नगालेपछि बेरोजगार भएर नेपालमै बसेको कथालाई पनि भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा हेमेन्द्र र रोसिनाले अभिनय गरेका छन् । यस गीतको भिडियोलाई बि सुप्तिहाङले निर्देशन गरेका हुन् । यस म्युजिक भिडियोमा सुरेन राईको कोरियोग्राफी रहेको छ ।

प्राय सन्देशमुलक तथा भावस्पर्शी गीत गाउँदै आएका भुवनले यस गीतबाट हङकङ आईडी र बेरोजगार युवाको कथाव्याथालाई ब्युताएका छन् । दिनेश बान्तावाले संगीत गरेको गीतमा विरेन राईको शब्द छ ।