मिसेस व्यूटी क्वीन नेपालले देखाए प्रतिभा

काठमाडौ । सिजन मिडियाले पहिलोपटक विवाहित महिलालाई लक्षित गरि आयोजना गर्न लागेको ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल’का २६ जना प्रतियोगीले शनिवार आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।

कार्यक्रममा ज्ञानेश्वरी श्रेष्ठले ‘माइतीघर’ र निशा तामाङले ‘गैरीखेतको सिरै हान्यो’ गीतमा नृत्य गर्दा शान्ति लिम्वुले मारुनी नृत्य देखाइन् । त्यस्तै भूमा सापकोटा, सिमा देवकोटा, गिता चालिसे, ज्योति बस्नेत, टासी डोल्मा शेर्पा, कृष्टि क्षेत्री, सफला ताम्राकारले विभिन्न नेपाली गीतमा नृत्य गरेका थिए । यस्तै सिर्जना श्रेष्ठ,अम्बिका थापा, कल्पना बराल, सुनिता मिश्र र संर्घष थापाले विभिन्न विषयमा वोल्नु भएको थियो ।

विष्णुमाया पौडेल, राधिका थापा, तेजकला सुव्वा, दिपिका रोय, सुदिक्षा आचार्यले नेपाली गित गाउँदा इश्वरी श्रेष्ठ तामाङले आमा विषयमा कविता वाचन गरिन् । त्यस्तै मिना राईले मुक्तक सुनाउँदा सुजना लामाले पेपर कटिङ गरेर विभिन्न फूलहरु बनाइन् ।

कार्यक्रममा नृत्य निर्देशक राजेन्द्र राई, कोरियोग्रफर रोजीन शाक्य, मिस टिन कलेज २०१५ कि विजेता कुसुम थापा, निर्णायक थिए । आगामी पुस २० गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने फाइनलमा उपाधि विजेताले ताजसँगै १ लाख ७५ हजार बराबरको टिभिएस स्कुटर, लेट मि इनको तर्फबाट १ लाख ५० हजार बराबरको गिफ्ट भौचर र ४ दिने मलेसिया भ्रमण प्याकेज पुरस्कार स्वरुप पाउनेछन् ।

फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः २५ हजार बराबरको लाभा मोवाइल फोनसँगै लेट मि इनको तर्फवाट १ लाख र ५० हजार वरावरको गिफ्ट भौचर र ४ दिने मलेसिया भ्रमणको अवसर पाउनेछन् । मुख्य विधाबाहेक विभिन्न १४ विधामा पनि विजेता छनौट गरिनेछ ।