झमक बहादुरमा आमैले भन्थेको रिमिक्स भर्सन

काठमाडौं । फिल्म ‘झमक बहादुर’को रिमिक्सि गीत ‘आमैले भन्थे धाराको पानी’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीत ‘आमैले भन्थे धाराको पानी’मा कुसुम गजमेरको शब्द र रन्जित गजमेरको संगीतलाई संगीतकार ओम सुनारले रिमेक गरेका हुन् । रिमिक्समा ओम सुनार, कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर रहेको छ ।

फिल्मका निर्माता मिनकुमार तामाङले फिल्मले झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वलाई हाँस्यपरक रुपमा देखाइने बताए । गीतमा अनुपविक्रमले फिचरिङ गरेका छन् । आगामी जेठ ११ गते रिलिज हुने फिल्ममा भोमन कटुवालको निर्देशन छ । यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङलगायतको अभिनय छ ।

राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन÷सूर्य÷सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको फिल्ममा पवन गौतम र जीवन पराजुलीको छायांकन छ ।