नयाँ वर्षमा प्रमोद–मेलिनाको आइ लभ यू

काठमाडौं । अंग्रेजी नयाँ बर्ष २०१८ को अवसर पारेर गायक प्रमोद खरेल र गायिका मेलिना राईको स्वरमा रहेको ‘आई लभ यू’ बोलको प्रेमभावले भरिएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शरद पाण्डेको शब्द रहेको गीतमा शकंर थापा स्माईलको संगीत छ । गितमा उदयराज पौडेलको संगीत संयोजन गरेका छन् । आरबि रेकर्डिङ स्टुडियोका रेकर्डिस्ट कुमार केसीले रेकर्डिङ गरेको गितलाई अशोक महर्जनले सम्पादन तथा मुद्रण गरेका छन् ।

भिडियोमा सरोज गौडेल र सुप्रीया कटवालको अभिनय छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेको भिडियोमा निर्देशक देबजंग थापाको निर्देशन तथा सम्पादन छ । भिडियोलाई डश म्युजिक प्रालिले बजारमा ल्याएको हो ।