छायाँछवि काव्य श्रृंखलामा बसन्त–शान्ति

काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको ‘छायाँछवि काव्य श्रृंखला’को तेश्रो संस्करणमा कवि बसन्तप्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा गुन्जिने भएका छन् । छायाछवि काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनका अनुसार आगामी पौष २७ गते सिटिम्याक्स बागबजारमा छायाँछवि काव्य श्रृंखला आयोजना गरिने छ ।

आयोजकका अनुसार श्रृंखला कवि बसन्त प्रकाश र गजलकार शान्तिका करिब दुई दर्जन कविता र गजल सुनाउनेछन् । करिब साढे दुई दशक अघिदेखि साहित्यको क्षेत्रमा आफूलाई अब्बल बनाएका कवि बसन्त प्रकाश पत्रकारितामा पनि सक्रिय अनुहार हुन् ।

कविता र गजल वाचनको शैलीलाई पछ्याउने क्रममा फिल्म, गीतसंगीतमा क्रियाशील रहँदै आएको संस्था छायाँछविले अब साहित्यको क्षेत्रमा चालेको यो अभियानबाट साहित्यको क्षेत्रमा क्रियाशिल रहि यसै क्षेत्रको विकाशमा केहि न केही भए पनि योगदान पुग्ने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए । यो भन्दा अघिल्लो संस्करणमा हेम प्रभास सुशिला पौडेल सुनिएका थिए ।