उल्झनमा देखिए तीन अनुहार

काठमाडौं । आगामी चैत्र २ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘उल्झन’को पहिलो अनुहार अर्थात फष्ट लुक सार्वजनिक भएको छ । फिल्म युनिटले अंग्रेजी नयाँबर्षको अवसर पारेर फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।

फिल्मका निर्देशक राजु अधिकारी फिल्मको युरोप प्रदर्शनको तयारी गर्न यतिबेला युरोपमा छन् । ‘फिल्म जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन हुनेछ । अनिमात्र नेपालमा चैत्र २ गतेबाट प्रदर्शन हुनेछ ।’ निर्देशक अधिकारीले भने ।

फर्स्ट लुकमा फिल्मका नायक ध्रुव दत्त, नायिका रजनी केसी र अर्का नायक बेनी ढुंगाना अँटाएका छन् । तेजेन्द्र कँडेल प्रस्तुतकर्ता रहेको फिल्ममा नारायण ढुंगाना, नबिन अधिकारी र हरिकृष्ण कार्की निर्माता छन् । निर्देशक अधिकारीका अनुसार फिल्मले युरोपमा रहेका नेपालीको संघर्षको कथा बोल्छ । फिल्ममा आरति अधिकारीको कथा,मौनता श्रेष्ठको पटकथा रहेको छ