माघमा पुग्यो रजनीको पटुकी

काठमाडौं । पुष २१ मा प्रदर्शन गर्ने भन्दै प्रचार गरिएको फिल्म ‘पटुकी’ झण्डै एक महिना पछि अर्थात माघ १९ मा पुगेको छ । फिल्म निर्माण टिमले माघ १९ मिति समावेश नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ ।

राम नेपाल निर्देशित फिल्ममा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्तेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय छ । म्यातेन कालुको निर्माणमा बनेको यस फिल्मका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् ।

फिल्ममा राजन राज सिवाकोटीको संगीत, म्याक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव विकको कोरियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।