६० दिनमा सकियो अमेरिका ब्वाइज

काठमाडौं । फिल्म ‘अमेरिका ब्वाईज’ को छायाँंकन सकिएको छ । झापा र काठमाडौंमा झण्डै ६० दिनको समय तालिकामा छायांकन गरिएको फिल्म महंगो बजेटमा सकिएको निर्माण पक्षले जनाएको छ ।

फिल्मका कार्यकारी निर्माता प्रकाश भुजेलले कथावस्तु अनुरुप फिल्म खिच्दा झण्डै दुई करोड छेउछाउ बजेट पुगेको दाबी गरे । बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल निर्देशित फिल्मले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ । निर्माण यूनिटले यस अगाडि नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै वैशाख १४ देखि फिल्म रिलिज गर्ने तयारी गरे पनि फिल्मले रिलिज मिति सार्दै जेठ ४मा पु¥याएको छ ।

फिल्ममा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेललगायतको अभिनय छ । यमूना खरेल र राज केसी सह–निर्माता रहेको फिल्ममा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आरजे र जयान जे वाइवाको संगीत छ ।