प्रेतात्माको भिडियोमा देखिए गौरव

काठमाडौं । बफिन्स ९८ समुहको नयाँ गीत ‘अन्जानैमा बसेछ माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कुनैबेलाका राजा रानी र उनीहरुको भड्किएको आत्मामाथि यो भिडियोको कथा एउटा दरबार भित्र नै सकिने गरी बनाइएको छ ।

गीतमा गायक सञ्जिब गुरुङकै शब्द र संगीत पनि छ । भिडियोमा गौरव पहारी र प्रियंका सिंहले फिचरिङ गरेका छन् । भिडियोको निर्देशन ब्यान्डका गिटारिस्ट जिवन भाईले गरेका हुन्। बफिन्स भन्ने शब्द ब्रिटिश स्ल्याङ हो, जस्को अर्थ वैज्ञानिक हुन्छ ।

गीत संगीतमा दुई दशक पार गरेको अवसरमा समूहले नयाँ वर्षको मौका छोप्दै भिडियो सार्वजनिक गरेको हो । हाल यस ब्याण्डका गायक सन्जिब हङकङको कोएजार एचके भन्ने समूहहमा सक्रिय छन भने समुहका अन्य सदस्यहरु विवेक थापा, प्रताप गुरुङ, विजय हावा, रोशन महर्जन अन्य देशमा बसोबासरत छन् ।

सन् १९९८ देखि सक्रिय पोखराको यो समूहले यो भन्दा अघि ३ वटा कृति सार्वजनिक गरी सकेको छ । देशप्रेम र देशभक्तिका शब्द संगीत मार्फत चिनिने यो समूहले २० बर्ष पार गर्दा भने माया प्रेमका गितलाई पनि समावेश गरेको छ ।