ए सोल्टिनीमा सबिनको झुम्ताना झुम्ताना

काठमाडौं । फिल्म ‘ए सोल्टिनी’ पहिलो गीत ‘झुम्ताना झुम्ताना’ शनिवार सार्वजनिक भएको छ । निमा तामाङ लामाको निर्देशनमा बनेको फिल्मको गीतमा शुभ तामाङ र निर्मला घिसिङको स्वर छ । सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतमा सबिन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बालगायतले फिचरिङ गरेका छन् ।

अभि लामाले कोरियोग्राफी गरेको लोकभाकाको गीत बिश्वास भण्डारीले खिचेका हुन् । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् । काठमाडौ उपत्यका वरिपरि खिचीएको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ हुन ।