दोषी कोको शिरफुल शिरैमा

काठमाडौं । सामाजिक विषयमा निर्माण गरिएको फिल्म ‘दोषी को ?’को ‘शिरफूल शिरैमा’ बोलको गीत सार्वजनिक भएको छ । निमा लामा तामाङको निर्देशनमा बनेको फिल्मको गीतमा मेलिना राईको स्वर छ ।

निर्माता गोपी अधिकारीको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रमेश रेग्मीले गरेका हुन् । करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुतकर्ता रहेको फिल्मको कथा र पटकथा करण आफैले लेखेका हुन् ।  सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले, रबिना थापालगायतका नवकलाकारको अभिनय रहेको फिल्ममा ५ गीत छन् ।

गीतमा अन्जु पन्त, मेलिना राई, गोपी अधिकारी र सन्तोष सुनामको स्वर छ । गोपी अधिकारी र सन्तोष सुनामको शब्द छ । फिल्मको पहिला बिभिन्न देशमा शो गरेपछि मात्रै नेपालका हलमा प्रदर्शन गरिने जानकारी निर्माता गोपीले दिएका छन् ।