आँशुको अर्थमा शिवको पीडा

काठमाडौं । गायक शिव परियार डान्सिङ नम्बर र दुःखका गीत गाउन खप्पिस छन् । उनलाई दुवै फ्लेबरका गीतमा दर्शकले उत्तिकै रुचाउँछन् । यिनै शिव दर्शकमाझ नयाँ गीत ‘आँशुको अर्थ’ लिएर आएका छन् । गीतको अडियोले राम्रो श्रोता पाइरहँदा गीतको भिडियो पनि उत्तिकै चलिरहेको छ ।

शिवले आफ्नै युट्युब च्यानलबाट अंग्रेजी नयाँ बर्ष २०१८ को मौका छोप्दै दर्शकमाझ ल्याएका हुन् । सञ्चारकर्मी रवि अधिकारीको शब्द र संगीतकार टंक बुढाथोकीको संगीत रहेको यो गीत उनको ‘शिवालय’ एल्बममा समावेश छ ।

भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठले फिचरिङ गरेका छन् । निकेश खड्काको निर्देशन रहेको यस भिडियोमा बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन छ ।