नेप्किन ट्रेलरमा बेरोजगार पीडा

काठमाडौं । पुरानो सिनामंगलका युवाहरुले एक सत्यघटनालाई आधार बनाएर निर्माण गरेको फिल्म ‘नेप्किन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बेरोजगारीका कारण युवाहरुले धन कमाउन अपनाउने गलत बाटोलाई देखाइएको छ ।

गुण्डागर्दी, अपराध र त्यसपछि हुने बदलाभको भावनालाई ट्रेलरमा समेटिएको छ । युवा निर्देशक विनायक लामिछानेको निर्देशन रहेको फिल्ममा प्रदीप गिरी, अनिता बस्नेत, विनायक लामिछाने, राकेश केसी, अर्जुन भट्टराई, रविन थापा, देव श्रेष्ठ, सन्तोष लामिछाने लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुवास मगरको छायांकन रहेको फिल्ममा भूपेन्द्र बानको द्वन्द्व छ । बाढीपीडितको सहयोगार्थ देशका विभिन्न ठाउँमा फिल्मको च्यारिटी शो गरिएको छ । फिल्मको रिलिज मिति भने तय हुन बाँकी छ ।