गाउँले कान्छोलाई के गर्लिन मेलिना ?

काठमाडौं । फिल्म ‘यो समाज’को ‘यो गाउँले कान्छोलाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाइ सकेका पूर्वेली गायक सुबी राई र चर्चित गायिका मेलिना राईको स्वर छ ।

गीतमा गायक स्वयम् कै संगित रहेको छ । लब्ली तुलसीको शब्द र चन्दु गोर्खालीको संगित संयोजन रहेको गीतमा मनिकुमार राईको कोरियोग्राफी छ ।

गीतमा सञ्जोक धमला र सरिना केसीको अभिनय छ । नविन भुजेलले निर्देशन गरेको फिल्ममा सञ्जिव धमला निर्माता छन् । फिल्मको सम्पादन तिलक रिजालले गरेका छन् ।