काठमाडौँ । गत शनिबार आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको शुक्रबार बिहान मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।
गत शनिबार पौडेलले अनामनगरस्थित संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् ।
गायिका पौडेलको मृत्यु भएपछि उनका दाई गणेश पौडेल गायक गिरीविरुद्ध जाहेरी लिएर प्रहरी वृत्त सिंहदरबार पुगेका छन् । गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेका छन् । विगत ८–९ वर्षदेखि बिहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






