खेमनाथको बित्छ बिहान आमाको

काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रहेको गीत ‘बित्छ बिहान आमाको’ सार्वजनिक भएको छ । गतिमा गायिका ज्ञानु राणाको स्वर र सन्तोष श्रेष्ठको संगीत छ । गीत महाकाव्यकार दाहालको कृति ‘योद्धा’मा समावेश छ ।

राजु कार्कीको संगीत संयोजन रहेको गीतमा दिल समर्पणको संगीतसञ्चयन, प्रकाश मिश्रको संगीत सम्पादन छ । भिडियो राजन खरेलले सम्पादन गरेका हुन् ।

महाकाव्यकार खेमनाथको विसं २०६० सालमा प्रकाशित काव्य कृति हो ‘योद्धा’ । यसै योद्धाबाट केही दिनअघि ‘लाली गुराँसको साटो’ गीत सन्तोषको स्वर र संगीतमा सार्वजनिक भएको थियो । यस्तै, उहाँको ‘स्वेतपत्र’ महाकाव्यबाट पनि सन्तोषको स्वर र संगीतमा ‘बुद्धको देश नेपाल’ श्रोतारदर्शकमाझ आएको छ ।