काठमाडौं । आगामी ६ देखि १० जुनवरीसम्म बंगलादेशको बेगुरा सहरमा आयोजना हुने छैटौँ संस्करणको ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६’मा नेपालबाट लघु फिल्म ‘द चेन्ज’ (परिवर्तन) चयन भएको छ । यो महोत्सवको अन्तर्राष्ट्रिय समूहतर्फ ‘इन्टरनेशलन ओपन डोर समूह’मा चयन भएको हो ।
फिल्ममा डब्बु क्षत्रीको निर्देशन छ । यसअघि यो फिल्मबाट नेपाल ग्रामिण चलचित्र महोत्सवमा डब्बु क्षत्रीले उत्कृष्ट निर्देशकको अवार्ड, प्रवण भुसालले उत्कृष्ट अभिनेताको अवार्ड र सरिता भारतीले अभिनेत्रीको जुरी अवार्ड जितेका थिए ।
फिल्ममा नेपाली समाजमा अझै विधामान महिनावारी हुँदा भान्सा र पानीबाट अलग राख्ने तथा पुरुषलाई छुनु नहुने जस्तो छुवाछुतको कुरीतिमाथि केन्द्रित छ । २१ मिनटको यो लघु फिल्म बिलक्षण क्रियसन प्रा।लि।ले निर्माण गरेको हो ।
फिल्ममा प्रवण भुसाल, सरिता भारती, कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीसहितको मुख्य भूमिका रहेको छ । रामशरण उप्रेतीको छायांकन रहेको फिल्ममा वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, ओम सुनारको पाश्र्व संगीत छ ।






