गायक विदुरको सांगीतिक गन्तव्य

काठमाडौं । गायक विदुर पाण्डे ‘जनताजीवन’को स्वरमा नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्‍याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको छ ।

गीतको हुक लाइन ‘मैले भनेको है पक्कै, जिन्दगीमा पाउन गन्तव्य’ले युवापुस्तालाई लक्ष्यप्रति केन्द्रित रहन प्रेरित गरेको छ। गीतलाई तीन मुख्य खण्डमा विभाजन गरी कथावाचन शैलीमा प्रस्तुत गरिएको छ । पहिलोमा आक्रोश र आस्था, दोस्रोमा महत्त्वाकाङ्क्षा र तेस्रोमा अध्यात्म र स्वाभिमान खण्ड छन् ।

गायक पाण्डेले यो केवल मनोरञ्जन नभई नयाँ पुस्तालाई आफ्नो जरो चिनाउने प्रयास भएको बताए ।