काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘हर्ष’को बुधबार ललितपुरस्थित लविम मलमा प्रिमियर गरियो । प्रिमियरमा स्वर्गिय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको उपस्थिती थियो । भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली फिल्मको प्रिमियिर शोमा पुगेकी थिइन् ।
उनले एकता पौडेलको डेव्यु निर्देशकिय फिल्म एकदमै राम्रो बनेको बताइन् । फिल्मको सुरुवातमा नै आफुले स्वर्गिय निर्देशक शिव रेग्मीको तस्वीर देखेपछि आफु भावुक भएको बताइन् । ‘हर्ष’ एकदमै सन्देश मुलक सिनेमा हो । यस्तो घटनाहरु हाम्रो घर परिवार र समाजमा घटेका मैले देखेकी छु । त्यसैले एक पटक सबैले हेर्नु होला’, उनले भनिन् ।
रेग्मी पत्नी ज्ञानु रेग्मीले पनि ‘हर्ष’ राम्रो बनेको भन्दै भान्जी एकतालाई सफलताको शुभकामना दिइन् । ‘१२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन् हाम्रो परिवारमा पनि हाज त्यस्तै भएको छ । १२ वर्षपछि भान्जी एकता पौडेलले सिनेमा निर्माण तथा निर्देशन गर्ने आँट गरेकी छन् । एकदमै खुशी लागेको छ’, उनले भनिन् ।
अभिनेतासमेत रहेका व्यवसायी संजोग कोइरालाले पनि हर्ष एउटा फरक अनुभव दिने पारिवारिक फिल्म बनेको भन्दै सवैलाई हेर्न आग्रह गरेका हुन् । अभिनेत्री वर्षा राउतले पनि प्रिमियर शोमा सिनेमा राम्रो बनेको प्रतिक्रिया पाउँदा हर्षित बनेको बताइन् । सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछाने पनि प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी देखिन्थे ।
डेव्यु निर्देशक एकता पौडेलले आफुले बच्चादेखि फिल्म निर्माण तथा निर्देशन गर्ने सपना साकार हुँदा निकै खुशी लागेको बताइन् । फिलममा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।






