आउटडोर सेसनमा दीपक बज्राचार्य

काठमाडौं । तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक प्याकेज ‘आउटडोर सेसन’ सुरु गरेका छन् ।

सांगीतिक एल्बमहरु निकाल्ने क्रम हराइसकेको अबस्थामा गायक बज्राचार्यले ‘आउटडोर सेसनअन्तर्गत सिंगल ट्रयाकका धेरै गीतहरुलाई केहि दिनको ग्याप राख्दै क्रमश सार्वजनिक गर्न लागिएको हो ।

गायक बज्राचार्यले नयाँ गीत ‘हजार हजारमा’ को रिलिजसंगै ‘आउटडोर सेसन’ सुरु भएको र यस सेसनको अर्को गीत पनि अब केहि दिनमै रिलिज हुने बताए । गीतमा रुपेश बास्कोटाको शब्द र दीपककै संगीत तथा एरेन्ज रहेको छ।