दयाहाङ भन्छन्–मिरमिरे प्यासनले हेर्ने फिल्म

काठमाडौं । अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’ सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा बोकेको फिल्म भएको बताएका छन् । उनले छोरीसँग मुख्य कुरा लुकाएर बुवाले छोरीका अगाडि देखाएको खुशी र इमोसनलाई भित्रैबाट कसरी देखाउन सकिन्छ भन्ने कुरा फिल्मले देखाउने दाबी गरे ।

‘झट्ट हेर्दा बाबु र छोरीको कथा देखिए पनि गहिरिएर हेर्दा फिल्ममा धेरै कुरा छ । केही नदेखिने तर एकछिन सोचेर हेर्दा देखिने पक्ष भएकाले यो कथामा जोडिएको हुँ’, उनले भने, ‘कतिसम्म दुःखी र खुसी हुनेभन्दा पनि हामी काममा प्यासन छैन भन्छौँ । तर, यो प्यासनले हेर्ने फिल्म हो ।’

यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्मसको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चा