काठमाडौं । ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने मूल नाराका साथ नृत्य निर्देशक संघ नेपाल, केन्द्रीय कार्यालय, काठमाडौंको ११ औँ साधारण सभा तथा तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भुवनदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा शम्भु शाही, उपाध्यक्षमा केशव कोईराला, महिलामा उपाध्यक्ष शारदा सोती शर्मा, महासचिवमा ऋषीकेश श्रेष्ठ, सचिवमा कृष्ण रसाल, कोषाध्यक्षमा संगीता शाही खड्गी, सहकोषाध्यक्षमा भोगेन्द्र मानन्धर निर्वाचित भए ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा अजयकुमार बिष्ट, विजय घिसिङ, पिङ्की खड्का, चुडामणी फुयाल, छिरिङ लामा, बाबु सेञ्चुरी, देवराज गुरुङ छन् भने मनोनितद्वय विमल नेपाल कोशी प्रदेश, लोकेन्द्र शाह गण्डकी प्रदेश रहेका छन् ।







