काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तिकरण समितिको संयोजनमा सञ्चालित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव सम्पन्न भएको छ। समापनमा नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याएका १० जना महिला फिल्मकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गरिएको थियो।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत, अभिनेत्रीद्वय बसुन्धरा भुसाल र चैत्यदेवी सिंहको उपस्थिति थियो । २५ हजार रुपैंयाँसहित सम्मानित हुने फिल्मकर्मीहरुमा गौरी मल्ल, ऋचा शर्मा, अञ्जना बराइली, शारदा गिरी, रिना मोक्तान, प्रज्ञा जोशी, देविका बन्दना, गीता अधिकारी, लक्ष्मी श्रेष्ठ र गौमाया गुरुङ थिए।
कार्यक्रममा देविका बन्दना, बिन्दु परियार, समीक्षा दाहाललगायतले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा फिल्म ‘कुमारी’ का कलाकारहरूको मुहारचित्र हस्तान्तरण तथा ललितकला कलाकारहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो।




