प्रदीपको तरङ्ग फस्टलुकमा वरुण र रविना

काठमाडौं । कलाकार प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय फिल्म ‘तरङ्ग’को फस्टलुक सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य जोडी वरुण अधिकारी र रविना केसीलाई देख्न सकिन्छ ।

आगामी वर्ष प्रदर्शन हुने फिल्ममा बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग, प्रन्शु चौधरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसमा निर्देशक चौधरी स्वयंको कथा लेखन छ ।

तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्ममा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । फिल्ममा महेश पौडेलको छायांकन, सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, मनोज थापा मगर, पवन गिरी र मनोज महतोको संगीत, सुशील डंगोल र सुदीप श्रेष्ठको पार्श्व ध्वनी तथा कृष्ण भण्डारीको रंग संयोजन रहेको छ ।