काठमाडौँ । गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको ‘प्रेमको जीत’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रेम रोमान्स र विरह समेटिएको गीतको भिडियोमा आर्यन सिग्देल, शंकर श्रेष्ठ र अश्विनी शाहीको अभिनय छ । करिब ८ मिनेट लामो वियोगान्त गीतको भिडियो बलिउड स्टाइलमा निर्माण गरिएको छ ।
भिडियोका निर्देशक केशव राज भट्ट हुन् । लिखु सहयात्रीको शब्द संगीत रहेको गीतमा विषय आचार्यको एरेन्ज, मिक्सिगं र मास्टरिगं रहेको छ ।
करण चैसरको छायांकन रहेको भिडियोको सम्पादन र कलर मिलन विश्वकर्माले गरेका हुन् । भिडियो गायक श्रेष्ठकै अफिसियन च्यानल शंकर श्रेष्ठबाट बजारमा ल्याइएको हो ।




