काठमाडौं । हलमा प्रदर्शनरत फिल्म ‘परालको आगो’का निर्माता सुशील पोखरेलले वर्षमा दुईवटा फिल्म नियमित बनाउने घोषणा गरेका छन् । फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो लगानी सुरक्षित भएकाले अब आफू नाफाको यात्रामा रहेको खुलाएका छन् ।
सुशीलले ८ वर्षपछि फिल्म निर्माणको कमव्याक सुखद बनेको जनाउँदै यो समयमा फिल्म उद्योगमा धेरै परिवर्तन भएको अनुभव आफूले ‘परालको आगो’ रिलिजको समयमा थाहा पाएको खुलाएका छन् ।
लक्ष्मण सुनार निर्देशित फिल्ममा सुहाना थापा, प्रकाश सपुत, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, कुलदिप अधिकारी, ज्याक श्रेष्ठ, शंकर आचार्यलगायतका कलाकारको अभिनय छ ।




