काठमाडौं । फिल्म ‘काजी’ को ट्रेलर यतिबेला चर्चामा छ । भावनात्मक संवाद, पारिवारिक कथासँगै अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको अभिनयलाई लिएर सामाजिक सञ्जालमा राम्रो चर्चा भइरहेको छ।
ट्रेलरमा प्रस्तुत प्रेम, विश्वास र सम्बन्धको द्वन्द्वले दर्शकको ध्यान तानेको छ। विपिनका भावुक संवाद र केकीको समर्पित पत्नीको भूमिकालाई धेरैले रुचाएका छन् ।
आगामी जेठ ८ गते रिलिज हुने फिल्म गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारको अभिनय छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन्। प्रदीप भारद्धाजको कथा लेखन रहेको फिल्मका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन्।
असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्म चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइनर र सुजिल कर्माचार्यको पार्श्व संगीत, प्रोडक्सन हेड प्रकाश हमाल, विपीन मल्लको सम्पादन, बनिश शाहको सुपरभाइजर सम्पादनमा बनेको छ।
फिल्म श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्दैछ।





