डबिङमा माया भनेकै यस्तो होला

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘माया भनेकै यस्तो होला’को डबिङ सुरु भएको छ । यो फिल्म आगामी भदौ २६ गते रिलिज हुनेछ । फिल्मको वितरण रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्दैछ ।

दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ तथा विनोद पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

चैत्र २८ गते २८ दिनको सेड्युलमा छायांकन सम्पन्न गरिएको फिल्म हाल पोस्ट–प्रोडक्सनमा छ । हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको फिल्ममा ध्रुव लम्सालको पटकथा लेखन छ ।