काठमाडौं । फिल्म ‘महाराजधिराज’को छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु भएको छ । गत साता राजधानीमा फिल्मको मुहुर्त गरिएको थियो । बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक स्थानहरूमा हुनेछ । फिल्मको छायांकन ७० दिनसम्म चल्ने सेड्युल रहेको छ ।
परिच्छेद सेनको निर्देशन रहेको फिल्ममा नवराज थापाको छायांकन छ । फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डिसी, सुशील सिटौला, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटालगायतको अभिनय रहनेछ ।
उनीहरुबाहेक कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय रहनेछ ।
फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ । फिल्मका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । फिल्म आगामी फूलपातीमा रिलिज हुनेछ ।





