काठमाडौं । अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘जलाकी’को इन्डक्ल्याप गरिएको छ । गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको हो ।
छायांकन सकिएसँगै पोष्ट प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोकले बताए । केही दिनमा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।
फिल्मको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । निर्देशक अशोकसँग उनले ‘खुस्मा’पछि दोस्रो पटक सहकार्य गरेकी हुन् । यो फिल्मबाट उपासनाले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार समेत पाएकी थिइन् ।
फिल्ममा सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, भावना मगर, राज काउचा गर, विषेश भूमिकामा क्याप्टेन बिजय लामा र बाल कलाकारमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई, रिन्ची धनहा मगरको अभिनय छ ।
जलाकी मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतिकको रुपमा जलाकी बनाउने गरिन्छ ।
रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मका निर्माताहरुमा ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
एम मिडिया प्रालीको व्यानरमा निर्माण भएको सिनेमाको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोडुसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत अनि सुरेन्द्र राना, हर्क साउद र राम अविरल विष्टको गीत रचना रहेको छ ।





