काठमाडौं । नेपाली तथा भोजपुरी भाषाको समिश्रणमा तयार गरिएको गायक श्यामप्रसाद सुवेदीको नयाँ गीत ‘आधा नेपाली आधा भोजपुरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतको शब्द, संगीत तथा स्वर स्वयं गायक श्याम सुबेदीकै रहेको छ भने संगीत संयोजन सन्तोष प्रगाढले गरेका छन् । तृष्णा फिलम्स् नेपालको प्रस्तुतिमा तयार गरिएको भिडियोमा निर्माणमा प्रकाश भट्ट र पार्वती सुबेदीले सहयोग गरेका छन् । व्यवस्थापन इन्द्र बस्यालले सम्हालेका थिए भने मेकअपमा ज्योति सोनाम रहेकी छन् ।
गीतको छायांकन बारा जिल्लाको कोल्बी बजार तथा आसपासका विभिन्न रमणीय स्थानहरूमा गरिएको छ । म्युजिक भिडियोको निर्देशन कृष्ण राजभण्डारी (एसक्यू) ले गरेका हुन् भने छायांकन केशव अधिकारी खत्रीले गरेका छन् । भिडियोमा मोडल अग्नि राना मगर र दिब्या बयलकोटीको आकर्षक अभिनय देख्न सकिन्छ ।
नेपाली र भोजपुरी संस्कृतिको मिठास समेटिएको यस गीतले दर्शक तथा स्रोतामाझ विशेष स्थान बनाउने विश्वास निर्माण टिमले लिएको छ ।





