गीतकारसँग डेटिङमा एञ्जेलिना जोली

लसएञ्जल्स(एजेन्सी) । एकसमय हलिउडको सुनौला जोडीका रुपमा अभिनेता ब्राड पिट र अभिनेत्री एञ्जेलिना जोलीलाई लिइन्थ्यो । तर सन् २०१६ मा उनीहरुले सम्बन्धविच्छेद गरेपछि धेरैका लागि त्यो आश्चर्यजनक रह्यो । सम्बन्धविच्छेदको डेढ वर्षको यात्रामा ब्राडको नाम धेरै युवतीहरुसँग जोडिए । उनी पछिल्लोपटक इमिला क्लार्कसँग डेटिङमा रहेको खबर पनि सार्वजनिक भएको थियो ।

डेटिङकै मामलामा एञ्जेलिनाको नाम पनि कम्बोडियन गीतकार तथा फिल्मकर्मी प्राच लीसँग जोडिएको छ । ‘उनीहरु सुहाउँदिला छन् । उनीहरुको सम्बन्ध दिनानुदिन प्रगाढ बन्दैछ । जोली उनको जीवनमा अरु कोही नआओस् भन्ने चाहन्छिन् । तर जब उनी प्रेममा पर्छिन्, त्यहाँबाट निस्कन उनलाई मुस्किल नै पर्छ ।’ जोडी निकट स्रोतले भनेको छ ।

एञ्जेलिना फिल्म ‘फष्र्ट दे किल्ड माइ मोदरः ए डटर अफ कम्बोडिया रिमेम्बर्स’को सुटिङका लागि कम्बोडियामा हुँदा उनीहरुको एकापसमा चिनापरिचय भएको थियो । ली जोलीका सन्तानसँग पनि नजिकको सम्बन्ध राखिरहेका छन् ।