शेप अफ वाटरलाई तीन बाफ्टा अवार्ड

लसएञ्जल्स(एजेन्सी) । ७१ औं संस्करणको ‘ब्रिटिस एकेडेमी फिल्म अवार्ड(बाफ्टा’ यो वर्ष लण्डनमा गरिएको छ । यो वर्ष गुइलेरमो डेल टोरोको फिल्म ‘द शेप अफ वाटर’ले तीन विधामा अवार्ड जित्यो । यो फिल्म अवार्डमा सर्वाधिक १२ विधाको मनोनयनमा परेको थियोा । फिल्मका निर्देशक टोरोले ‘सर्वोत्कृष्ट निर्देशक’को अवार्ड जित्दा फिल्मले ‘बेस्ट प्रोडक्शन डिजाइन’ र ‘बेस्ट म्यूजिक’को अवार्ड पनि जित्यो । यो फिल्मले समुन्द्री जीवसँग प्रेम गर्ने एक महिलाको कथालाई प्रस्तुत गरेको छ ।

अवार्ड लिएपछि निर्देशक डेल टोरोले ब्रिटिस संस्कृति विशेष रुपमा मैरी शैलीले आफ्नो काम र करियरमा विशेष प्रभाव पारेको बताए । ‘सर्वश्रेष्ठ निर्देशक’ विधामा डेल टोरोसँगै ‘ब्लेड रनर २०४९’बाट डेनिस विल्लेनुवी, ‘कल मी बाइ योर नेम’बाट लूका ग्वाडानिनो, ‘डनकिर्क’बाट क्रिस्टोफर नोलान र ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ’बाट मार्टिन मैक्कडोनफ थिए ।

डेल टोरो मेक्सिकोमा बस्दै आएका छन् । बाफ्टा अघि ‘द शेप अफ वाटर’कै लागि उनले ‘गोल्डन लायन’ पनि जितेका छन् । ‘द शेप अफ वाटर’को सफलता पछि डेल टोरोलाई ‘७५ औं भेनिस फिल्म फेस्टिभल’मा निर्णायक मण्डलको अध्यक्षका रुपमा चुनिएको छ । यो फेस्टिबल आगामी अगष्ट २९ मा शुरु भई सेप्टेम्बर ८ मा सकिनेछ ।