नीताको सम्झनामा रोए अनुज

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘तिम्रो सम्झना’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा नीता ढुंगाना, अनुज र जित सागरले फिचरिङ गरेका छन् । वियोगान्त शैलीको गीतमा प्रेमसँगै विछोडको दृश्य पनि देखाइएको छ ।

गीतमा दीपक शर्माको संगीत छ । भिडियोमा राजु केसीको छायांकन, अर्जुन पोखरेलको सम्पादन, शमशेर श्रेष्ठको निर्माण र जीवन शाहीको निर्देशन छ ।