डब्बु, एलन, सुशान्त र नीतालाई सम्मान–पुरस्कार

काठमाडौं । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवसका दिन चलचित्र पत्रकार संघ मकवानपुरले दुई पत्रकार र दुई कलाकारलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । संघले यस वर्ष चलचित्र क्षेत्रमा कलम चलाउदै आएका २ पत्रकार र मकवानपुरका २ कलाकारलाई सम्मान गर्न लागेको हो ।

हेटौंडामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका मकवानपुर अध्यक्ष मणीराज गौतमले ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट जनता टेलिभिजनका रामकुमार एलनलाई नगदसहित ५ हजार र ‘राष्ट्रिय चलचित्र पत्रकारीता सम्मान २०७५’ बाट राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्रीलाई ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिन लागिएकोे बताए ।

‘चलचित्र कलाकारीता सम्मान’बाट नायिका निता ढुंगाना र कलाकार शुसान्त श्रेष्ठलाई सम्मान गरिने उनले बताए । जेष्ठ ७ गते हेटौडा रिसोर्टमा हुने कार्यक्रममा दाङ, पोखरा, बुटवल, चितवन र काठमाडौका चलचित्र पत्रकारको पनि सहभागीता रहनेछ । संघले अघिल्लो वर्ष पत्रकार शान्तिप्रिय र कलाकार भोलाराज सापकोटालाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो ।