रामकृष्ण र सुशीलाको तिमीसँग

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र राजेन्द्र वाइवाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा सागर दाहाल र स्मारिका ढकालको अभिनय छ । भिडियोमा गायक रामकृष्ण र गायिका सुशीला पनि छन् ।
सुदीप दाहालको पोष्ट प्रोडक्सन र सुशीलाकै निर्माण रहेको सार्वजनिक गीतको भिडियोमा उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन छ ।

प्रेमील यस गीतमा आफूले मन पराएको मान्छेसँग सधै साथ रहँदा मन रमाउने भाव व्यक्त गरिएको छ । अमेरिकाको बोस्टन निवासी गायिका सुशीला नेपाल बाहिर भए पनि गीत संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

सुशीलाका यसअघि ‘राधा कृष्ण, तिम्रो मायाको, मेरी माँ’, ‘तीज आयो साथी संगी’ जस्ता गीतहरू धेरै मन पराइएका छन् ।