गोलु र खुशीको कमर धके झूल

काठमाडौं । भोजपुरी गायक तथा गायिका गोलु डी र खुशी कक्कडको स्वरमा ‘कमर धके झूल’बोलको भोजपुरी गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गजेन्द्रजीको शब्द, विराजजीको संगीत, गोलुजीको संगीतसंयोजन र अभिषेक विश्वकर्माको रेकर्डिङ छ ।

सप्तरंगी फिल्मको ब्यानरका लागि एमडी हुसेन निर्माता रहेको भिडियोमा भोजपुरी मोडल सदाम हुसेन र मेनुका माझीको अभिनय छ ।

भिडियोमा कोरियोग्राफर पवित्रा आचार्य, छायाँकार महाफुज अन्सारी, मेकअप आरोही श्रेष्ठ, सम्पादक सुवास देवकोटा, उत्पादन मुन्ना रिजवी निर्देशक रमेश बोगटीको रहेको छ ।