भैसेपाटीमा लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियो

काठमाडौं । पाँचौँ आउट लेटको रूपमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को नयाँ शाखा ललितपुरको भैँसेपाटीमा बिहावीरबाट औपचारिक रूपमा शुभारम्भ भएको छ । यो पाँचौँ आउट लेट ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को अभिनेता आर्यन सिग्देल, अनुप विक्रम शाही र अभिनेत्री केकी अधिकारीले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे ।

कार्यक्रमलाई उत्साहपूर्ण वातावरणमा सम्पन्न गर्दै कलाकारहरूले लक्ष्मी ठाकुरको व्यावसायिक यात्राको प्रशंसा गरे। सो अवसरमा अभिनेता अनुप विक्रम शाहीलाई बलिउड फिल्म ‘ब्याटल अफ गलवान’को बाँकी छायांकनका लागि मुम्बई प्रस्थान गर्नुपर्ने भएकाले आर्यन, केकी र लक्ष्मीले फूल गुच्छासहित शुभकामना दिँदै बिदाइ गरे ।

मुम्बई यात्रा अघि बोल्दै अभिनेता अनुप विक्रम शाहीले ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’सँग आफ्नो लामो सम्बन्ध रहेको उल्लेख गरे। ‘म यसअघि अन्य शाखामा गएर सेवा लिँदै आएको थिएँ। अब मेरो घर नजिकै नयाँ शाखा खुलेपछि सेवा लिन अझ सहज भएको छ,’ उनले भने।

अभिनेता आर्यन सिग्देलले पनि आफूले महाराजगन्ज, पुलचोक, कलंकीको भाटभटेनी र कमलादीको स्काई वाक शाखाबाट नियमित रूपमा सेवा लिँदै आएको जानकारी दिए। उनले भैँसेपाटी शाखाले पनि स्थानीय ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे। ‘मेरो हेयर स्टाइल लक्ष्मी ठाकुरले करिब १५ वर्षदेखि बनाउँदै आउनुभएको छ। सेवा मात्र होइन, उहाँबाट मैले निरन्तर परामर्श पनि लिँदै आएको छु,’ आर्यनले भने।

अभिनेत्री केकी अधिकारीले कमलादीस्थित स्काई वाक शाखामा आफूले नियमित सेवा र परामर्श लिँदै आएको उल्लेख गर्दै नयाँ शाखाको सफलताका लागि शुभकामना व्यक्त गरिन्।

लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोका अध्यक्ष एवम् लोकप्रिय हेयर स्टाईलिस्ट लक्ष्मी ठाकुरले भने,‘दुई दशक अघि मुम्बईमा हेयर ड्रेसरको रूपमा काम गर्दा म बलिउडका कलाकारको हेयर स्टाईल बनाएर जीवन बिताउन चाहन्थेँ । त्यति बेला मैले मुम्बईमा आफ्नै सलुन स्थापनाको तयारी पनि गरेको बेला पारिवारिक आग्रहमा म नेपाल फर्केर भगवान् पशुपति नाथको दर्शन गर्न जनकपुरबाट काठमाडौँ आएँ ।’