होरीमा राजेश र उषाको छमछमी

काठमाडौं । गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वर रहेको ‘होरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुदुरपश्चिमको चर्चित भाकालाई राष्ट्रियकरण गर्नका लागि कृष्ण र उनको टिमले लामो समयदेखिको प्रयासलाई होली गीत ‘होरी’मार्फत देखाउन खोजेका छन् ।

गीतको भिडियोमा राजेश हमाल, उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकीको अभिनय छ । भक्तपुरका विभिन्न स्थानमा २ दिन लगाएर छायांकन गरिएको भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई नजिकबाट केलाएको छ ।

सुदूरको संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले लामो समयको प्रयासपछि ‘होरी’ लिएर आएको निर्देशक सरोज खड्काले बताए । भिडियोमा राजेश र उषाका माध्यमबाट सुदूरपश्चिमको कला र संस्कृतिलाई देखाउने काम गरिएको छ । राम अबिरल विष्टको शब्द रहेको गीतमा दीपक आरजेको संगीत छ ।

पवन सुस्लिगंको छायांकन रहेको गीतको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । देउ सिंह ओराको कोरियोग्राफी रहेको भिडियो गायक कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको हो ।