काठमाडौ । हाउस अफ फेसन नेपालको प्रतियोगिता ‘शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सीजन–३’ तयारी पुरा भएको छ । प्रतियोगिताको मंगलवार ललितपुरमा हुँदैछ ।
हाउस अफ फेसन नेपालकी प्रमुख ओशिमा बानुका अनुसार यसपटक मिसेस भोग नेपाल सीजन ३ को ग्राण्ड फिनाले ललितपुरको एकान्तकुनास्थित म्याजेष्टिक ग्राण्डमा आयोजना हुँदैछ । यो कार्यक्रम मंगलवार साँझ पाँच बजेपछि प्रारम्भ हुनेछ ।
यसअघि आयोजकले प्रतियोगिताका सम्पूर्ण प्रतिस्पर्धिहरुलाई ग्राण्ड फिनालेको आयोजनास्थल म्याजेष्टिक ग्राण्डको भ्रमण गराएको थियो । म्याजेष्टिक ग्राण्डमा मिसेस भोग नेपाल सीजन को ग्राण्ड फिनालेका लागि विशेष ‘भेन्यू भिजिट’ कार्यक्रम नै आयोजना गरिएको थियो ।
भेन्युको आकर्षक सजावट, सुन्दर इन्टेरियर, सुसज्जित स्टेज तथा विलासी वातावरणले सबै प्रतिस्पर्धीहरूलाई थप प्रेरित बनाएको थियो । कार्यक्रमको स्तरअनुसार तयार गरिएको ग्राण्ड स्टेज सेटअप, आधुनिक लाइटिङ तथा साउन्ड सिस्टमले फिनाले झन् भव्य हुने संकेत दिएको छ ।
भेन्यु भिजिटसँगै प्रतिस्पर्धीहरूका लागि विशेष वाक तथा रनवे प्रशिक्षण शत्र पनि आयोजना गरिएको थियो । यो प्रशिक्षण कोरियोग्राफर विमल पुनद्वारा सञ्चालन गरिएको थियो । त्यसक्रममा उनले प्रतिस्पर्धीहरूलाई ग्राण्ड फिनालेको क्रममा प्रभावशाली स्टेज प्रेजेन्स कसरी देखाउने, आत्मविश्वास कसरी बढाउने, सही पोस्चर कसरी कायम गर्ने, ग्रेसफुल तथा आकर्षक वाक कसरी प्रस्तुत गर्ने जस्ता महत्वपूर्ण पक्षमा व्यावहारिक प्रशिक्षण दिएका थिए ।




