काठमाडौं । सेलिब्रेटी नेपाल प्रतिष्ठानले यही फागुन १३ गते बुधवार काठमाडौंमा आयोजना गर्न लागेको चौथो संस्करणको ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ मा दिइने विशेष सम्मानको घोषणा गरेको छ ।
अवार्ड संयोजक सुरज पौडेलका अनुसार चलचित्र विकास बोर्डमा हुने कार्यक्रममा नेपाली फिल्ममा विगत चार दशकदेखि सक्रिय कलाकार तथा निर्देशक सुभाष गजुरेललाई २५ हजार ५ सय ५५ रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ र तीन दशक भन्दा लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय पत्रकार कृष्ण भट्टराईलाई ११ हजार १ सय ११ रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।
पत्रकार भट्टराई पछिल्लो छ वर्षदेखि कलाकर्मी डटकटका प्रधान सम्पादकको रुपमा कार्यरत छन् । त्यसअघि करिव साढे दुई दशकसम्म पत्रकार भट्टराईले कान्तिपुर मिडिया ग्रुपमा आवद्ध रहेर पत्रकारिता गरेका थिए ।




