काठमाडौं । गायक एवं कलाकार कमल विके निर्मोहीको निधन भएको छ। दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए। मिर्गौला रोगबाट पीडित निर्मोहीको उपचारका क्रममा मंगलबार निधन भएको हो।
परिवारका अनुसार एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। अवस्था सुधार नभएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
मिर्गौला रोगबाट पीडित उनकी पत्नी हेरमदेवी विकको गएको २३ माघमा निधन भएको थियो । उनका ‘बुलबुल तालैमा’, ‘आउँ त भने’, ‘मैले भन्थे नि’, ‘सलल बग्ने’, ‘ताने झै माया’, ‘अरू मैले’, ‘वनको फूल फुलेछ’, ‘कठै सानु’, ‘भेरी दोभान’, ‘लाग्यो माया’लगायतका गीत चर्चित छन् । कमल रेडियोकर्मीसमेत हुन् ।




