काठमाडौं । नेपाली सांगीतिक रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन १’ को उपाधि निशा लामाले जितेकी छन् । राजधानीमा भएको ग्राण्ड फिनालेमा शीर्ष उपाधि जित्दै उनले १० लाख रुपैंयाँ नगद पुरस्कार पाइन् । शोमा मानव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो बने । फिनालेमा टप ८ फाइनलिस्टहरूले मञ्चमा उत्कृष्ट प्रस्तुति दिएका थिए।
एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलले आयोजना गरेको शोको निर्देशन माधवराज खरेलले गरेका थिए । आयोजक समितिका प्रमुख तथा निर्माता डेविल सिंह राजपुत, यादव बहादुर थापा र परमानन्द चौधरीको नेतृत्वमा भएको कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी शैलेश नेपालीले सम्हालेका थिए ।
फिनालेमा रिता थापा मगर, राजु ढकाल, चन्द्र शर्मा, अमृत खाती निर्णायक थिए । कार्यक्रमको होस्ट रोजिन शाक्य र मुना अर्याल थिए ।




